+
+

खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:२८

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ ।

बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ किलोमा बिक्री सुरु भएको छ,’ न्यौपानेले भनिन्, ‘कम्पनीको थापाथली केन्द्रमा यस्तो चिनी उपलब्ध भएको छ ।’

दशैं अघि प्रतिकिलो ९७ रुपैयाँ चिनी बिक्री गरेको कम्पनीले आफ्नो मौज्दात सकिएको भन्दै बिक्री बन्द गरेको थियो ।

तर, तिहारका लागि बजारमा देखिएको अभाव चिर्न चिनीको बिक्री पुनः सुरु गरिएको सुवेदीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?