+

चिनी पनि कलेजोको लागि हानिकारक

२०८० चैत  २६ गते १४:१३ २०८० चैत २६ गते १४:१३
चिनी पनि कलेजोको लागि हानिकारक

शरीरलाई स्वस्थ राख्न सबै अंगको आ-आफ्नै योगदान हुन्छ । जसमध्ये कलेजोको भूमिका पनि धेरै अवस्थामा निकै महत्वपूर्ण हुन्छ । हाम्रो पेट र आन्द्राबाट निस्कने सबै रगत कलेजोमार्फत शरीरमा जान्छ । कलेजोको मुख्य काम रगतलाई प्रशोधन गर्ने र यसलाई तोडेर पोषक तत्वहरू भण्डार गर्ने हो ।

यति मात्र होइन, यसले शरीरलाई राम्रोसँग काम गर्न आवश्यक पर्ने धेरै प्रकारका आवश्यक हार्मोन र पित्त पनि उत्पादन गर्ने काम गर्छ । जुन शरीरलाई राम्रोसँग काम गर्न आवश्यक हुन्छ ।

तर विश्वव्यापी रूपमा अहिले कलेजोसँग सम्बन्धित रोगको जोखिम तीव्र गतिमा बढिरहेको छ । कलेजोको गम्भीर रोग घातक पनि हुनसक्ने भएकाले यस अंगको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्य विज्ञहरूले सबैलाई सल्लाह दिन्छन् ।

कलेजोमा क्षति पुर्‍याउने सबैभन्दा ठूलो जोखिम देखिएका चीजमध्ये रक्सी प्रमुख छ । तर कलेजोका लागि हानिकारक मदिराजस्ता अर्को चीजको सेवनमा पनि सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

चिनी रक्सीजत्तिकै खतरनाक

मदिराले कलेजोमा हुने समस्याका बारेमा धेरै अध्ययनले सचेत गराएको छ । मदिराको अत्याधिक सेवनले कलेजो सिरोसिस र कलेजो फेल हुने जस्ता समस्या पनि निम्त्याउन सक्छ । अध्ययनकर्ताको टोलीले रक्सीजस्तै धेरै चिनी सेवन गर्ने व्यक्तिमा पनि कलेजोसम्बन्धी गम्भीर रोग हुने खतरा बढेको पत्ता लगाएको छ ।

चिनीले हृदयरोग, मेटाबोलिक सिन्ड्रोम, फ्याटी कलेजो रोग र मोटोपनको जोखिम बढाउने देखाएको छ । र, यसले गम्भीर कलेजो रोगहरूको जोखिम पनि बढाउँछ ।

चिनीका कारण प्यान्क्रियाज र कलेजोमा क्षति

नेचर जर्नलमा प्रकाशित एक लेखमा वैज्ञानिकहरूले दैनिक अर्थात् धेरै मात्रामा वा बारम्बार चिनीको सेवनले कलेजोमा मदिराले जस्तै नै क्षति पुर्‍याउँछ । विशेषगरी फ्रक्टोज चिनी फ्रक्टोज वा फल चिनी, एक साधारण चिनी हो, जुन प्राकृतिक रूपमा फलफूल, मह र उखुमा हुन्छ । थप रूपमा यो सामान्यतया उच्च फ्रक्टोज मकै सिरपको रूपमा प्रशोधित खानाहरूमा थपिन्छ । उखु, सुगर बीट र मकैबाट फ्रक्टोज प्राप्त हुन्छ ।

यसले इन्सुलिन प्रतिरोध, डिस्लिपिडेमिया (अतिरिक्त ट्राइग्लिसराइड्स), उच्च रक्तचापको जोखिम बढाउँछ । जुन कलेजोको लागि पनि हानिकारक हुन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार समय बित्दै जाँदा धेरै चिनीको सेवनले सम्पूर्ण शरीरमा समस्या निम्त्याउन सक्छ । यसले प्यान्क्रियाज र कलेजो लगायतका अत्यावश्यक अंगलाई क्षति पुर्‍याउने गरेको देखिन्छ ।

के भन्छन् अनुसन्धानकर्ता ?

अनुसन्धानकर्ताहरूले हाम्रो कलेजोले फ्रक्टोज मेटाबोलिज्म गर्छ, तर यसको अधिकताले यो अंगमा थप दबाब बढ्छ । यस्तो अवस्थामा कलेजोले अतिरिक्त फ्रक्टोजलाई बोसोमा परिणत गर्न थाल्छ, जुन कलेजोमा जम्मा भएर रक्तप्रवाहमा पनि जान सक्छ । कलेजोमा बोसोको मात्रा बढेपछि यसको कार्यमा असर पर्न थाल्छ, जसले गर्दा समयसँगै कलेजोसँग सम्बन्धित गम्भीर रोग निम्त्याउँछ ।

फ्याटी लिभरको समस्या बढ्दै

न्युट्रिएन्ट्स जर्नलमा सन् २०१६ मा प्रकाशित लेखमा वैज्ञानिकहरूले कलेजोमा अतिरिक्त बोसो जम्मा हुनुमा उच्च फ्रक्टोज आहार मुख्य कारण रहेको उल्लेख गरेका छन् । धेरै चिनी खाने व्यक्तिमा फ्याटी लिभर र गैरअल्कोहलयुक्त फ्याटी लिभरको समस्या पनि हुने गरेको पाइएको छ ।

त्यसैले मदिरा र चिनी दुवैको मात्रा घटाउनुपर्ने विज्ञहरू बताउँछन् । फ्रक्टोजले मेटाबोलिज्ममा उस्तै नकारात्मक प्रभाव देखाएको छ, जुन रक्सीले इथेनोलसँग गर्छ ।

एजेन्सीको सहयोगमा

कलेजो चिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय