+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

पुडासैनीले भने– म समानान्तर कमिटीमा छैन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते ११:२५

५ कात्तिक, काठमाडौं । बेलायतका राजेन्द्र पुडासैनीले एनआरएनएको समानान्तर कमिटीमा आफू नरहेको बताएका छन् ।

आरके शर्मा नेतृत्वको कार्यसमितिको सचिव पदमा पुडासैनीको नाम समेत छ । तर पुडासैनीले आज बिहान विज्ञप्ति जारी गरी आफूसँग सल्लाह नगरी आफ्नो नाम राखिएको भन्दै आपत्ती जनाएका छन् ।

उनले जारी गरेको विज्ञप्ति लेखिएको छ, ‘मेरो नाम समानान्तर कमिटीमा मसँग सल्लाह नगरी राखिएकोमा मेरो गम्भीर आपत्ती छ । मेरा सम्पूर्ण सहकर्मी साथीहरुसँग म उक्त कमटिीमा नरहेको जानकारी गराउँदछु ।’

एनआरएनको ११ औं महाधिवेशनमा मतदानमा धाँधली भएको भन्दै विवाद हुँदा सबै प्रकृया रोक्ने सहमति विपरीत बद्री केसी पक्षले सपथग्रहण गरेपछि शर्मा पक्षले समानान्तर कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?