+
+

पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्दा २ बालकसहित ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १८:३९

५ कार्तिक, पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । उनीहरुको परिचय भने खुलेको छैन ।

एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?