+
+

हमास आफ्नो भूमिको रक्षाका लागि लडेको ‘मुक्ति समूह’ हो : टर्कीस राष्ट्रपति एर्डोगान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ८ गते १७:२०

८ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।

हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् ।

टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।

राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएको तर उनले टर्कीको असल नियतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए । उक्त भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।

गत ७ अक्टोबरमा हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि १४०० भन्दा बढी मानिस मारिएका थिए । त्यसपछि इजरायलले प्यालेस्टाइनको गाजा र वेस्ट बैंक क्षेत्रमा आक्रमण गर्दा हजारौँ नागरिकको ज्यान गइसकेको छ भने लाखौं नागरिक घरवार विहिन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?