+
+

मिस इन्टरनेसनलमा नेपालको सुखद प्रस्तुति, उपाधि भेनेजुएलालाई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १०:३१

काठमाडौं । मिस इन्टरनेसनल २०२३ को उपाधि दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले जितेको छ । बिहीवार राती जापानको टोकियोमा आयोजित फिनालेमा एन्ड्रिया रुबियोले ताज पहिरिइन् ।

अर्को दक्षिण अमेरिकी मुलुक कोलम्बियाकी सोफिया ओसियो फस्ट-रनरअप, पेरुकी क्यामिलिया डियाज सेकेन्ड रनर-अप, फिलिपिन्सकी निकोल बोरोमियो थर्ड रनर-अप र बोलिभियाकी भेनेसा हेस फोर्थ रनर-अप घोषित भइन् ।

आयोजक एसिया भएपनि यसपटक दक्षिण अमेरिकी मुलुकहरुको दबदबा मिस इन्टरनेसनलमा देखियो । नेपालबाट मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाहले मुलुकको प्रतिनिधित्व गरेकी थिइन् । अन्तिम १५ मा छनोट हुन नसकेपनि उनको प्रस्तुति सुखद रह्यो ।

अंगोलाले बेस्ट नेसनल कस्ट्युम जित्यो । यही विधामा नेपालकी प्रसिद्धीले पञ्चबुद्धको थांका जडित राष्ट्रिय पोशाक प्रस्तुत गरेकी थिइन् । नेपालको यो नेसनल कस्ट्युमसहितलाई मिस इन्टरनेसनलको च्यारिटीका लागि ‘अक्सन’मा राखिएको प्रसिद्धीले सामाजिक संजालमार्फत जनाएकी छन् ।

जापानी एन ३२ हजारमा उक्त सोभेनियर बिक्री भएको उल्लेख गरेकी छन् । फिनालेपछि मिस नेपाल आयोजक हिडन ट्रेजरले पनि सामाजिक संजालमार्फत मिस इन्टरनेसनलमा पुगेर प्रसिद्धीले मुलुकको गौरव बढाउन भूमिका खेलेको भन्दै प्रशंसा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?