+
+

‘एनिमल’ र ‘फाइटर’का लागि ६६ वर्षीय अनिल कपुरको यस्तो ‘फिजिकल ट्रान्सफर्मेसन’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १२:५२

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले आगामी फिल्म ‘एनिमल’मा रणवीर कपुरको ६५ वर्षीय पिताको भूमिका निर्वाह गरिरहेका छन् । ‘फाइटर’मा चाहिं उनी ४५ वर्षीय भारतीय वायुसेना अफिसरको भूमिकामा छन् ।

यी दुवै चरित्रले भिन्न लुक्स र शारीरिक आकारको माग गर्छन् । जसका लागि ६६ वर्षीय अभिनेताले अनिल कपुर गम्भीर शारीरिक ट्रान्सफर्मेसनबाट गुज्रिएका छन् ।

आइतबार अनिलले सामाजिक सञ्जाल अकाउन्टमा केही तस्वीर सेयर गर्दै यसबारे जानकारी दिएका छन् । उनी लेख्छन्, ‘दुई पूर्णतया फरक क्यारेक्टरमा अदलाबदल गर्नु निकै चुनौतीपूर्ण थियो । एनिमलका ६५ वर्षीय बलवीरदेखि फाइटरका ४५ वर्षीय रकीसम्म ।’

उनी अगाडि लेख्छन्, ‘मैले लगाएको प्रतिष्ठित पोशाकलाई न्याय गर्न, मैले गम्भीर शारीरिक रूपान्तरणबाट गुज्रिनुपर्‍यो । अहिले दुवै चलचित्रको छायांकन सकिसकेकाले दर्शकको प्रतिक्रियाको प्रतीक्षा गर्न सक्दिनँ ।’

अनिलको यो पोस्टमा फ्यान र बलिउडका धेरै सेलिब्रिटीले प्रतिक्रिया दिएका छन् । अभिनेता वरुण धवनले लेखेका छन्, ‘तपाईं १८ वर्षको हुँदा यो शारीरिक परिवर्तन सहज हुन्छ । अनिल सर, ३० वर्ष पुग्दा यो गर्न गाह्रो हुनेछ ।’

यो पोस्टमा कमेन्ट गर्दा अनिलकी छोरी सोनम कपुर, सुनील शेट्टी र निर्देशक फराह खानले पनि अनिलको समर्पणको तारिफ गरेका छन् । तर अनिलले यस्तो मोटिभेसनल पोस्ट सेयर गरेको यो पहिलो पटक भने होइन । अभिनेता प्रायः आफ्नो कसरतको दिनचर्या आफ्ना प्रशंसकसँग सेयर गर्छन् ।

अनिल हालै एउटा विज्ञापनमा मिस्टर इण्डियाको लुकमा देखिएका छन् । जहाँ उनी ३६ वर्षअघि रिलिज भएको फिल्ममा जस्तै देखिएका छन् । यो विज्ञापन रिलिज भएपछि फ्यानले उनको हिट फिल्म ‘मिस्टर इण्डिया’को सिक्वेलको पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?