+
+
टी-२० विश्वकप छनोट :

विश्वकपमा छनोट हुनेमा आशावादी छौं : गुल्सन झा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १४:४३

१३ कात्तिक, काठमाडौं । अलराउण्डर गुल्सन झाले नेपाली टिम टी–२० विश्वकप क्रिकेटमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा सिंगापुरलाई हराएपछि उनले सन् २०१४ पछि नेपाललाई विश्वकपमा छनोट हुने अहिलो राम्रो मौका रहेको बताए ।

‘हाम्रो लागि सन् २०१४ पछि अहिले राम्रो मौका छ,’ उनले भने, ‘हामी विश्वकप छनोट हुनेमा विश्वस्त र आशावादी छौं ।’

काठमाडौंमा आज सोमबारदेखि सुरु भएको छनोट प्रतियोगितामा ८ टिम सहभागी छन् । यी ८ मध्येका शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन् ।

सिंगापुरसँगको खेलमा उनले आठौं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिएका उनले टिमका लागि आफूले प्रशिक्षकले दिएको भूमिका पूरा गरिरहेको बताए ।

‘३/४ खेलदेखि के गर्ने आफ्नो रोल क्लियर छ,’ उनले भने, ‘सरले मलाई जे रोल दिनुभएको छ । त्यो नै गरिरहेको छु ।’

उनले बलिङ र ब्याटिङमा नै राम्रो गर्दै आफूलाई अलराउण्डरका रुपमा प्रस्तुत गरिरहेका छन् । ‘टिमको लागि कति गर्नु सक्छु त्यति ब्याटिङ र बलिङ कताबाट हुन्छ त्यहि नै गर्दैछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?