+
+

एनआरएनएको कार्यालयमा तनाव, प्रहरीले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १९:५१
एनआरएनएको काठमाडौंस्थित कार्यालय

१४ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ ।

एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ ।

प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ थियो ।

बस्नेतको टोली अध्यक्ष बद्री केसीलाई शुभकामना दिन त्यहाँ पुगेको थियो । त्यसक्रममा शर्मासहितका व्यक्तिहरुले तस्वीर खिचेका थिए ।

त्यसक्रममा आरके शर्मासहित बेल्जियमका अभियन्ता एवं पत्रकार ओम शर्मामाथि कुटपिट भएको जानकारी आफूहरुले पाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

घटनामा शर्माको मुखमा चोट लागेको छ । एनआरएनएको अध्यक्षमा ३ कात्तिकमा बद्री केसी निर्वाचित भएका थिए । तर, विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्माले समानान्तर कमिटी गठन गरेका छन् ।

काठमाडौं प्रहरी प्रमुख खत्रीका अनुसार, उजुरी आएपछि प्रहरीले कार्यालयको क्लोज सर्किट (सीसी) क्यामरा हेर्ने तयारी गरेको छ । उनले भने, ‘सीसी टीभी लगायत हेरेर अनुसन्धान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?