+
+

एप्पलले ल्यायो नयाँ कम्प्युटर, यस्ता छन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १२:४९

अमेरिकी कम्पनी एप्पलले २४ इन्चको नयाँ आइप्याक कम्प्युटरको सार्वजनिक गरेको छ ।

सन् २०२१ मा सार्वजनिक भएको आइम्याककै अद्यावधिक संस्करणको रुपमा रहेको यो कम्युटरमा एम थ्री चिपको प्रयोग गरिएको छ । त्यसैले यो कम्प्युटरको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर रहेको दाबी एप्पलको छ ।

एप्पलले ८ कोर तथा १० कोर जिपियु गरी दुई मोडेल ल्याएको छ । नयाँ आइम्याकको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर हुनुका साथै ऊर्जा दक्षतामा पनि अधिक रहेको बताइएको छ ।

२४ इन्चको रेटिना डिस्प्लेयुक्त यो आइम्याक एम थ्रीको ८ कोर जिपियु मोडेलमा अक्टाकोर सिपियु, ८ जिबी र्याम र २५६ जिबी एसएसडी स्टोरेज उपलब्ध छ। साथै यसमा दुईवटा थन्डरबोल्ट पोर्ट, म्याजिक किबोर्ड तथा म्याजिक माउस नि हरेको छ । यसको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

त्यस्तै १० कोर जिपियु मोडेलमा पनि अक्टाकोर सिपियु, ८ जिबी र्याम तथा २५६ जिबी एसएसडीका साथै दुई थन्डरबोल्ट पोर्ट, दुईवटा अतिरिक्त युएसबी थ्री पोर्ट, टच आइडी सहितको म्याजिक किबोर्ड, म्याजिक माउस तथा गिगाबिट इथरनेट समेत रहेको छ । यो मोडेलको मूल्य १४९९ डलर तोकिएको छ।

एप्पलका अनुसार नयाँ आइम्याकमा ४.५ के स्क्रिन रिजोलुसन हुनुका साथै ५०० निट्सको पिक ब्राइटेन रहेको छ ।

कनेक्टिभिटीको कुरा गर्दा यसमा वाइफाइ ६ ई, ब्लुटुथ ५.३ तथा चारवटा युएसबी टाइप सी पोर्ट रहेका छन् । यो आइम्याक हरियो, गुलाबी, निलो, पहेँलो, बैजनी र चाँदी रङमा उपलब्ध रहेको छ।

यो कम्प्युटरमा १०८० पिक्सेल फेसटाइम क्यामरा तथा ६ वटा स्पिकर राखिएको छ । यसमा Spatial Audio तथा Dolby Atmos को सपोर्ट छ। यो फिचरले आवाजको आउटपुटलाई उत्कृष्ट बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?