+
+

शान्ति प्रक्रियामा सत्तापक्षले नै ढिलो गरेर प्रतिपक्षलाई दोष लगायो : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १३:२२

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शान्ति प्रक्रिया टुंग्याउन सरकारले नै बिलम्ब गरेको, तर दोष प्रतिपक्षलाई लगाइरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम अबिलम्ब टुंग्याउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।

‘ढिलो सत्तापक्षले गर्छ आरोप प्रतिपक्षलाई लगाउँछ । म सत्तापक्षलाई भन्न चाहन्छु, सरकारलाई भन्न चाहन्छु, पीडितले न्याय पाउनुपर्छ भन्ने मान्यतामा केन्द्रित भएर, नेपालको अदालतको आदेश मानेर र मानव अधिकारको अन्तर्राष्ट्रिय मान्यता पालन गरेर शान्ति प्रक्रिया टुंग्याउनुपर्छ’, उनले भने, ‘म सत्तापक्षलाई सोध्न चाहन्छु त्यसका लागि के ले रोकेको छ ?’

सरकार आफैंले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको तर प्रतिपक्षीमाथि अनुचित आरोप लगाएको उपाध्यक्ष पौडेलले बताए । ‘शान्ति प्रक्रिया छिटो टुंग्याउन चाहनेले फागुन १ गते बिदा दिएर शान्तिको वातावरण बिथोल्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?