+
+

एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:१३

१७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ४२ प्रतिशतले घटेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले खुद १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । जवकि गत वर्षको सो अवधिमा यस्तो नाफा १ अर्ब ७५ करोड थियो । बैंकको निश्क्रिय कर्जा बढ्दा सोवापत कायम गर्नुपर्ने इम्पेरिमेन्ट चार्ज उच्च दरले बढ्दा नाफामा धक्का लागेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको निश्क्रिय कर्जा ०.५९ प्रतिशत रहेकोमा अहिले १.३७ प्रतिशत पुगेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी सो अनुपातमा बढेर १४ अर्ब ९१ करोड पुगेको छ । नाफा घट्ने तर पुँजी बढेपछि प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले २७ रुपैयाँ ९ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा छ ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) भने १२ प्रतिशतले बढेको छ । बैंकले असोज मसान्तसम्म कुल २ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो प्रवाहित कर्जा २ खर्ब ६१ अर्ब रुपैयाँ बराबर थियो । असोज मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.८९ छ । बैंकको आधार दर १०.६७ बाट घटेर १०.५६ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेड दर ३.९९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?