+
+

माछापुच्छ्रे बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:१६

१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै वाणिज्य बैंकहरुको नाफा घटेका बेला माछापुच्छ्रे बैंकको भने २० प्रतिशतले बढेको छ ।

सो बैंकले पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जवकि गत आर्थिक वर्षको सो अवधिमा ४५ करोड ११ लाख रुपैयाँ बराबर थियो ।

गत आर्थिक वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर दिएको बैंकको चुक्ता पुँजी सो अनुपातमा बढेर ११ अर्ब ६२ करोड पुगेको छ ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) ३ प्रतिशत बढेर १ खर्ब ३० अर्ब पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १५. ५३ थियो ।

Premium mobile phone screen mockup template

बैंकको इम्पेरिमेन्ट चार्जमा सुधार आएको छ, जसले गर्दा नाफामा पनि सुधार देखिएको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ मा झरेको छ । सीडी रेसियोको अधिकतम सीमाभन्दा धेरै कम रहेकाले बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको संकेत गर्दछ ।

बैंकको आधार दर १०.०१ प्रतिशत छ । स्प्रेड दर ३.९९ प्रतिशत कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?