+
+

मूलपानीमा समर्थकहरुको उत्साह (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० कात्तिक १७ गते १३:४०

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मूलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ ।

कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरु भरिएका छन् । कतिपय दर्शकहरु घरको छतमा बसेर क्रिकेट हेरिरहेका छन् भने धेरैजसो मैदान नजिकको सडक किनार र चौरतिर बसेका छन् ।

शुक्रबार ओमानसँग पराजित भएकाले नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेलिरहेको छ । यो खेल जिते नेपाल विश्वकपमा पुग्नेछ ।

दश वर्षपछि विश्वकप खेल्ने अवसर भएकाले नेपाली दर्शकहरुमा ठूलो उत्साह देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?