+

एसियाली बक्सिङ च्याम्पियनसिपमा अर्पिल कांस्यमा सीमित

२०८२ साउन  २१ गते २१:५८ २०८२ साउन २१ गते २१:५८
एसियाली बक्सिङ च्याम्पियनसिपमा अर्पिल कांस्यमा सीमित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका अर्पिल रानाले एसियाली बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
  • अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० र भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए।

२१ साउन, काठमडौं । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित भएका छन् ।

पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसंग ५–० ले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसंग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।

‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेलेका हुन्’ महासचिव भण्डारीले भने, ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’

एसियाली बक्सिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय