News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले बिहीबारदेखि सातदोबाटो मैदानमा एन्फा महिला लिग छनोट आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् र उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन्।
- टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोलीले सिधै लिगमा स्थान पाउनेछन्।
२८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट सुरु हुँदैछ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्लेअफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।
एसियाली मानचित्रमा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा ६ खेलका लागि अवसर दिन यो संरचना उपयुक्त भएको प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले जानकारी दिए ।
समूह ए मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।
समूह बी मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने छ ।
प्रतिक्रिया 4