News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङी समाज काठमाडौंले एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
- रवीन्द्रले भारतमा भएको म्याट्रिक्स फाइट नाइटमा भारतीय खेलाडीलाई हराएर बान्टमवेट टाइटल जितेका छन्।
- नेपाल सरकारले रवीन्द्रलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरले दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।
२८ साउन, काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले नगदसहित सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमम गरी समाजले दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । उनीहरू दुवैजना बझाङका हुन् ।
रवीन्द्रले केही दिनअघि भारतमा भएको म्याट्रिक्स फाइट नाइटमा भारतीय खेलाडीलाई हराएर बान्टमवेट टाइटल जितेका थिए । उनी उक्त टाइटल जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
रवीन्द्रलाई नेपाल सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरले पनि २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
त्यस्तै महिला क्रिकेट टोलीकी सदस्य खड्काले महिला एसिया कपमा नेपालका लागि अर्धशतक बनाएकी थिइन् ।
प्रतिक्रिया 4