+

डब्लुएफकेओ का अध्यक्ष ब्रायनबाट २० प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान

२०८२ साउन  १८ गते ८:४१ २०८२ साउन १८ गते ८:४१
डब्लुएफकेओ का अध्यक्ष ब्रायनबाट २० प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डब्लुएफकेओ विश्व अध्यक्ष ब्रायन डब्लु. बेकको उपस्थितिमा काठमाडौंमा २० नेपाली प्रशिक्षकलाई अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्रमाणपत्र प्रदान गरिएको छ।
  • कार्यक्रम फाईट क्लब नेपालमा सम्पन्न भएको थियो जहाँ सहभागीहरूले विश्व अध्यक्षकै प्रशिक्षणमा ग्रेडिङ तालिम र परीक्षा सफलतापूर्वक पूरा गरेका थिए।
  • बिन्दा नेपालीले चौथो डिग्री ब्ल्याक बेल्ट प्राप्त गरेकी छन् भने अन्यले दोस्रो र तेस्रो डिग्री ब्ल्याक बेल्ट पाएका छन्।

१८ साउन, काठमाडद् । वर्ल्ड फ्रीस्टाइल किकबक्सिङ अर्गनाइजेशन (डब्लुएफकेओ) का विश्व अध्यक्ष तथा टेक्निकल डाइरेक्टर ब्रायन डब्लु. बेक को विशेष उपस्थितिमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा २० जना नेपाली प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्रमाणपत्र प्रदान गरिएको छ।

फाईट क्लब नेपाफमा मा सम्पन्न भएको कार्यकममा सहभागीहरूले डब्लुएफकेओ अन्तर्राष्ट्रिय मान्यता प्राप्त ग्रेडिङ तालिम तथा परीक्षा विश्व अध्यक्षकै प्रत्यक्ष प्रशिक्षणमा सफलतापूर्वक पूरा गरेका थिए।

बिन्दा नेपालीले यस अवसरमा चौथो डिग्री ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन्, जुन नेपाली महिला प्रशिक्षकका लागि गर्वको उपलब्धि हो। अन्य सहभागीहरूमध्ये केहीले  दोस्रो डिग्री, केहीले तेस्रो डिग्री ब्ल्याक बेल्ट प्राप्त गरेका छन्।

विश्व अध्यक्ष बेकले नेपाली प्रशिक्षकहरूको समर्पण, सीप र अनुशासनको प्रशंसा गर्दै भविष्यमा डब्लुएफकेओ नेपाललाई अझ सशक्त बनाउन निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

डब्लुएफकेओ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय