+
+

‘परदेशी २’ र ‘भष्मे डन’लाई नयाँ रिलिज नहुँदाको लाभ, तर अकुपेन्सीको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:००

काठमाडौं । घरेलु फिल्मका लागि दशैंको बक्स अफिस ‘सुखद’ मात्र रह्यो । रिलिज भएका ‘परदेशी २’ र ‘भष्मे डन’ले सन्तोषजनक कमाइ मात्र गरे । दुवै फिल्मको हाइप हेर्दा अपेक्षाभन्दा बढी कमाइ हुनुपर्थ्यो ।

कमाइलाई लिएर निर्माताको आ–आफ्नै दाबी छ । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । ‘हामी सफ्टवेयर अपडेट गरिरहेका छौं । फिल्मको कमाइ यथाशक्य बाहिर आउँछ,’ प्रवक्ता केएल बुढाथोकीले भने ।

‘परदेशी २’ शुक्रबारदेखि चौथो सातामा चल्दैछ । ‘भष्मे डन’ तेस्रो सातामा प्रवेश गरेको छ । यो सप्ताहन्तसम्म दुवै फिल्मको शो संख्या र दर्शकीय अकुपेन्सी दुवैमा गिरावट छ । सप्ताहन्तबाहेक विकडेजको अकुपेन्सी यतिबेला (शुक्रबार १२ बजेसम्म) १० प्रतिशतभन्दा तल झरेको छ ।

यो शुक्रबार पनि नयाँ फिल्म रिलिज नभएको फाइदा यी दुवै फिल्मले उठाउन सक्छन् । दुवै फिल्मको ‘वर्ड अफ माउथ’ पनि मिश्रित छ । जसले गर्दा नयाँ फिल्म रिलिज नभएको यो सातालाई कसरी यी दुईले लाभ उठाउँछन्, यो अवश्य पनि चुनौती विषय हो ।

‘परदेशी २’ ले गण्डकी र लुम्बिनी प्रदेशका हलसहित काठमाडौंमा पनि पिकअप लिएको विवरण प्राप्त भएका छन् । तिहार छेकोमा निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ र बलिउड फिल्म ‘टाइगर ३’ पनि प्रदर्शन हुँदैछन् । यो छेकोमा केही हलिउड फिल्म पनि आउने सम्भावना छ । यो समीकरणबीच ‘दिमाग खराब’लाई ओपनिङमा फाइदा हुन सक्छ, किनभने ‘टाइगर ३’ आइतबार मात्रै रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?