+
+

रेखा थापाको ‘उपहार’ पनि फागुन २५ मा, गीतसँगै प्रदर्शन मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १५:०९

काठमाडौं । बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।

गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ ।

रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । गीतले फिल्मको चरित्र चित्रणबारे पनि खुलासा गर्छ । पक्कै पनि यो डान्सिङ ट्रयाक तपाईंको सूचीमा पर्नसक्छ ।

सिमसिमे पानीमा रेखा र मुकुनको डान्स मादक लाग्छ । पूजा र समर्पणजंगको केमेस्ट्री हट लाग्छ । बेनिशा र तेजले पनि दोस्रोपटक स्क्रिन सेयर गरेका छन् । काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । रोचक कुरा के छ भने उक्त मितिमा दयाहाङ राईका दुई फिल्महरु ‘रंगेली’ र ‘लोकल हिरो’ले पनि प्रदर्शन घोषणा गरेका छन् भने नवल खड्काको ‘काँडेतार’ पनि सोही मितिमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?