+
+

फिल्म ‘दुई कदम’को गीतमा रोमान्टिक इओन र सिमोन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते २०:५०

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को शीर्ष गीत युट्युवमा रिलिज भएको छ । मुस्ताङको आकर्षक लोकेसनमा खिचिएको गीतमा डेब्यु कलाकार इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् ।

गीतमा प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर समावेश छ । इओन र सिमोनलाई रोमान्टिक मुडमा फिचर्ड गरिएको छ ।

फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बुको अभिनय छ । ताराप्रकाश लिम्बुको संगीत छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बुको लगानी छ । अभिनेता विल्सनविक्रम राईले एक गीतमा विशेष भूमिका निर्वाह गरेका छन् ।

दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, प्रविण ढकालको सम्पादन छ ।

यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?