+
+

लुम्बिनी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो २५ चिकित्सक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ११:१५

१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइतेहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना बढी चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँग टेलिफोन संवाद गरी स्वास्थ्यकर्मीको टोली प्रभावित पठाएका हुन् ।

दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना र लुम्बिनी प्रादेशिक अस्पतालबाट पाँच जना चिकित्सक औषधि र उपचार सामग्रीसहित प्रस्थान गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका एमडी जीपी डा. सुनिल सुनारको नेतृत्वमा पाँच जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

यस्तै सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको नेतृत्वमा उद्धार टोली पनि गएको छ । भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?