+
+

जाजरकोट र रुकुममा थप चिकित्सकीय जनशक्ति आवश्यक परे तयारी अवस्थामा छौं : चिकित्सक संघ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १२:०६

काठमाडौं । नेपाल चिकित्सक संघले जाजरकोट र रुकुममा गएको भूकम्पमा परेका नागरिकको उद्धारका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरुलाई खटाएको जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन पनि आफ्ना मातहतका शाखालाई अपील गरेको छ ।

संघले भूकम्पबाट ठूलो मानवीय क्षति भएकोमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

‘यस्तो प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अबिलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरुको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?