+
+
Shares

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १६:१७

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको मन्त्रालयले बताएको छ ।

भूकम्पमा परी मृत्य भएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?