+
+

४०२ रनको लक्ष्य दिँदा पनि पाकिस्तानसँग हार्‍यो न्यूजिल्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते २०:१५

१८ कात्तिक, काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानसँग न्युजिल्याण्ड पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ४०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

तर, वर्षाका कारण पुरा खेल हुन नसक्दा डीएलएस मेथोडका आधारमा न्यूजिल्याण्ड २१ रनले पराजित भयो । जवाफी ब्याटिङमा पाकिस्तानले एक विकेट गुमाएर २१.३ ओभर खेलिरहँदा वर्षा भएको थियो ।

वर्षाले खेल रोकिँदा ओपनर फाखर जमानको बिस्फोटक ब्याटिङसँगै पाकिस्तान डीएलएसमा अगाडि भइसकेको थियो । त्यसबेला पाकिस्तान डीएलएस मेथोडका आधारमा १० रनले अगाडि थियो । फाखरले ६४ बलमा ९ छक्का र ४ चौका प्रहार गर्दा शतक बनाएका थिए । फाखरले कप्तान बाबर अजामसँग साझेदारी बढाइरहेका थिए ।

वर्षा रोकिएपछि फेरि खेल सुरु भएको थियो ।

त्यसबेला पाकिस्तानले ४१ ओभरमा ३४२ रन पुर्याउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । तर, खेल २५.३ ओभर खेल हुँदा फेरि वर्षा भयो । नयाँ लक्ष्य अनुसार, फाखर र बाबरले पाकिस्तानको स्कोर २०० रन पुर्याएका थिए । फाखरले ११ छक्का र ८ चौका प्रहार गरी १२६ रन जोडेका थिए भने बाबरले पनि ६३ बलमा अर्धशतक पुर्याएका थिए । कप्तान बाबरले २ छक्का र ६ चौकासहित ६६ रन जोडे ।

तर फेरि वर्षा भएर खेल रोकिदा डीएलएस मेथोड प्रयोग भयो र न्यूजिल्याण्ड पराजित भयो । न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले शतकीय पारी खेलेका थिए । उनले एक छक्का र १५ चौका प्रहार गरी १०८ रन बनाएका थिए । अरु ब्याट्सम्यानहरु केन विलियमसनले पनि बिस्फोटक ब्याटिङ गर्दै ९५ रन जोडेका थिए ।

तर, पाकिस्तानका फाखरको बिस्फोटक जवाफी ब्याटिङ अनि वर्षा बाधक बन्दा न्यूजिल्याण्ड पराजित भयो । पाकिस्तान भने जितसँगै सेमिफाइनलको सम्भावनालाई कायमै राख्न सफल भयो । ८ खेलमा ८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको न्यूजिल्याण्डसँग जितसँगै पाकिस्तान रनरेटका आधारमा पाँचौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?