+
+

बाराको कलैयामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:३८

कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाराको कलैया उपमहानगर पालिका–४ स्थित बरियारपुरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१ वटा शाखाहरु भएका छन् ।

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले अब बैंकमार्फत नै आर्थिक कारोबार हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?