+
+

पर्यटन प्रवर्द्धन गर्न काठमाडौंदेखि ढोरपाटनसम्म बुलेट राइड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:४६

१९ कात्तिक, काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंदेखि ढोरपाटनसम्म बुलेट राइड गरिएको छ ।

बुलेट सर्भिस सेन्टर बालाजुको आयोजनामा १० कात्तिकदेखि ६ दिने राइड सम्पन्न गरिएको हो । टोली १५ कात्तिकका दिन काठमाडौं आइपुगेको हो ।

यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालका सुन्दर पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुर्‍याएकोमा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर, प्रशासकीय प्रमुख, लायन्स क्लब, स्थानीय क्लबसहितले बाजागाजासहित स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?