+
+

जापानी युवतीको किताब र ट्युसन : कसरी पट्टाउने बुढाहरुलाई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १४:१९

काठमाडौं । एउटा शव्दाबली छ, सुगर ड्याडी । यो आम रुपमा नकारात्मक रुपमा ती पुरुषहरुका लागि प्रयोग गरिन्छ जसले मनग्गे पैसा खर्च गरेर आफ्ना छोरी समानका युवती तथा किशोरीहरुसँग डेटिंग गर्दछन् ।

यी सुगर ड्याडीहरु अर्थात् युवतीसँग सल्किने पाका पुरुषहरुले युवतीहरुसँगको रसरँगमा भरमार खर्च गर्दछन् । आफुभन्दा दोब्बर, तेब्बर उमेरका पुरुषसँग सम्बन्धमा रहनुको बदलामा ती महिलाहरुले चाहीँ महंगो जीवनशैली, ऐश आराम, विदेश घुमफिर, गाडी जस्ता कुराको मज्जा लुट्न पाउँछन् ।

हुनत यी सबै कुरा खुलमखुल्ला त कमै हुन्छन् तर हालै एक २५ वर्षीया जापानी युवतीले भने यसकै बारेमा एउटा किताब लेखिन् । वातानाबे थरकी ती युवती आफ्नो सोही किताबका कारण प्रहरी हिरासतमा परेकी छिन् ।

वास्तवमा आफैलाई सोसल मिडियामा डेटिङ ठग बताउने ती युवतीले एउटा पुस्तक लेखेकी थिइन् । उक्त पुस्तकको शीर्षक सुगर ड्याडीहरुलाई कसरी पट्टाउने ? भन्ने छ । अचम्मको कुरा त यो किताब अहिलेसम्म २ हजार प्रति बिकिसकेको छ ।

बातानाबेले दुई वर्षदेखि यस्ता कैयन् किताबहरु लेखिरहेकी छिन् जसमा पुरुषलाई कसरी धेरै भन्दा धेरै खर्च गराउने ? भन्ने तरिकाहरु समेटिएका किताब समेत छन् । ती युवतीले केटाहरुलाई कसरी मायाजालमा फसाउने र मनग्गे पैसा खर्च गराएर मोज गर्ने भन्ने बारेमा अनलाइन मार्फत् समेत ट्युसन पढाएर समेत लाखौँ कमाउँछिन् ।

दुईजना पुरुषबाट कूल १ करोड ६ लाख येन अर्थात् करीब ९५ लाख रुपैयाँ ठगेको आरोपमा एक २० वर्षीया युवती पक्राउ परेपछि वातानाबे प्रहरीको फन्दामा परेकी हुन् । ती युवतीले प्रहरीसँगको बयानमा आफुले वातानाबेबाटै कक्षा लिएर ठगी गरेको बताएकी थिइन् ।

च्ष्चष् तजभ क्गनबच द्यबदथ नामबाट सोसल मिडियामा चर्चित वातानाबेले आफ्ना किताब तथा ट्युसन कक्षाबाट युवतीहरुलाई आफुले ठगी गर्ने सीप सिकाएको कुरा आफुलाई राम्रोसँग जानकारीमा रहेको स्विकारोक्ति प्रहरी समक्ष गरेकी छिन् ।

प्रहरी अनुसन्धानमा वातानाबे एक अनुभवी ठग रहेको पत्ता लागेको छ । उनी पैसा लिएर डेटिंग गर्ने पापा कात्सु मास्टर नै रहेको प्रहरीको भनाई छ । गत सेप्टेम्बरमा जापानी अखबार द मेनिचीले प्रकाशित गरेको समाचार अनुसार उनीमाथि एकजना ५० वर्षीय पुरुषबाट २ करोड ७० लाख येन ठगी गरेको आरोप लागेको थियो । आफू सो रकम चुक्ता गर्नका लागि वेश्यावृत्तिमा लाग्नु परेको उनले बताएकी थिइन् । उनीले ती व्यक्तिबाट सहानुभूतिको नाममा मज्जाले पैसा लुटेकी थिइन् ।

त्यस्तै गत महिना वातानाबेमाथि अर्को आरोप लाग्यो । एकजना ५४ वर्षीय पुरुषले उनीमाथि १ करो १८ लाख जापानी येन ठगी गरेको आरोप लगाएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?