+
+

विद्युत प्राधिकरणले काटिदियो गण्डकीको भौतिक मन्त्रालयको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १७:०२

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मन्त्रालयले मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो । कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

‘कारागारले एक महिनाभित्र तिर्छौं भनेर कमिट्मेन्ट गर्नुभएको छ । सीडीओ साबले नै भन्नुभयो’, प्रमुख सिंहले भने, ‘जडान जरिवाना तिराएर कारागारमा साँझ पुनः लाइन जडान गरिसकेका छौं ।’

तर, मन्त्रालयको विजुली काटिँदासम्म अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको सिंहले बताए । ‘मन्त्रालयबाट अहिलेसम्म कुनै कमिटमेन्ट आएको छैन । महसुल नतिर्दासम्म लाइन जडान हुँदैन,’ उनले भने ।

उनका अनुसार केही समयअघिसम्म कास्कीका अधिकांश सरकारी कार्यालयले महसुल नतिरेको पाइएपछि बाध्य भएर लाइन काट्नु परेको हो । यसअवधिमा थुप्रै सरकारी कार्यालयले बक्यौता चुक्ता गरिसकेको सिंहले जानकारी दिए । उनले भने, ‘मन्त्रीका क्वार्टरहरुमा पनि लाइन काटेका थियौं । अहिले त सबैले तिरिसक्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?