+
+

राहत बोक्न प्रयोग हुने जहाजलाई चौरजहारीसहित ४ विमानस्थलले कुनै शुल्क नलिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:३८

१९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चौरजहारीसहित चार वटा विमानस्थलमा राहतका लागि प्रयोग भएका वायुयानलाई लिइने शुल्कमा शतप्रतिशत छुट दिएको छ ।

प्राधिकरणका अनुसार नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले र चौरजहारी विमानस्थलमा राहतका लागि प्रयोग हुने वायुयानले प्राधिकरणलाई बुझाउनु पर्ने सबै प्रकारको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो ।

प्राधिकरणका अनुसार राहतमा प्रयोग भएका वायुयानले यी विमानस्थलमा बिसान शुल्क, ल्यान्डिङ तथा अन्य शुल्कहरु नलिने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणले भूकम्प पिडितका लागि आजै १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?