+
+

रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो भाइरल, कानुनी उपचार गर्न अमिताभ बच्चनको सल्लाह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १३:०२

काठमाडौं । रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् ।

कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश्मिकाको जस्तै देखिन्छ । भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन् । तर बलिउड अभिनेता अमिताभ बच्चनले यसमा अलग धारणा राखे ।

रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभले तुरुन्तै यसविरुद्ध कानुनी कारवाहीको माग गरे । लगत्तै इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको भन्दै तथ्यजाँच गरे । ती महिलाको इन्स्टाग्राममा ठूलो फ्यान फलोइङ समेत छ ।

रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका अभिनेता बच्चनले एक्समा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो ।’ रश्मिकाले भने उक्त भिडियोबारे केही बताएकी छैनन् । सन् २०२२ मा साउथ स्टार रश्मिकाले ‘गुडबाइ’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

रणवीर कपुरसँग रश्मिकाको अभिनय रहेको फिल्म ‘एनिमल’ प्रदर्शनको तयारीमा छ । यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ । पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को कारण सेलिब्रिटी डीपफेक भिडियोको सिकार बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?