+
+

एकीकृत समाजवादीले महाधिवेशन काठमाडौँमा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १५:३५

२० कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन १४ देखि १८ माघसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

यसअघि नै महाधिवेशनको मिति तय गरेको भए पनि स्थान तोकिएको थिएन । सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा सम्पन्न पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो ।

एकीकृत समाजवादीले गठन भएको दुई वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?