+
+

विराटनगर इन्टरनेसनल कलेज दीक्षान्त समारोह सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १८:३८

काठमाडौं । विराटनगर इन्टरनेसनल कलेजले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्ट विषयमा दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूको उपलब्धिहरूको प्रशंसा गर्दै उनीहरूलाई आफ्नो ज्ञानलाई राम्ररी प्रयोग गर्न आग्रह गरे ।

‘विश्वमा प्रवेश गर्दा विराटनगर इन्टरनेसनल कलेजको प्रतिनिधित्व गर्ने कुरालाई ध्यानमा राख्नुहोस् । आफ्नो शिक्षामा गर्व गर्नुहोस् र यसलाई मानिसहरुको जीवनमा सुधार गर्न प्रयोग गर्नुहोस्,’ उनले भने ।

समारोहमा विराटनगर इन्टरनेसनल कलेजको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयकी सर्जिन मोप्लेले उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने कलेजको अटल प्रतिबद्धताको प्रशंसा गरिन् । मोंप्लेले उत्तीर्ण विद्यार्थीहरूलाई उत्कृष्ट उपलब्धिको कदर गर्दै बधाइ दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?