+
+

एनसेलको बम्पर योजनामा थप ३ जनाले जिते स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १९:४७

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् ।

यस्तै अभिनेत्री केकी अधिकारीले एनसेल सेन्टर भैरहवाबाट बाँकेकी मिना त्रिपाठीलाई स्कुटर हस्तान्तरण गरिन् भने सप्तरीका सुदीप कुँवर क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा स्कुटर हस्तान्तरण गरेकी थिइन् ।

यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चलान गरिएका पहलहरू मध्ये एक हो । यो ३१ भदौदेखि २८ दिनसम्म सञ्चालनमा रहेको थियो ।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार जना ग्राहकलाई हरेक हप्ता १०० रूपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।

यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

मंगलबार एनसेलले विराटनगर, धनगढी र हेटौंडामा बम्पर प्राइज हस्तानतरण गरेको थियो । बाँकी रहेका १ जना विजेतालाई बिहीबार पोखरामा पुरस्कार हस्तान्तरण गरिनेछ ।

एनसेलले बुधबार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरुबाट बुधबार १०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?