
२३ कात्तिक, काठमाडौं । ब्याज आम्दानी बढे पनि आरम्भ चौतारी लघुवित्तको नाफा भने घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा समीक्षा अवधिमा ११ प्रतिशत घटेको हो ।
कम्पनीले गत वर्षको पहिलो त्रैमासमा २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको पहिलो त्रैमासमा २५ लाख ४४ हजार रुपैयाँ कमाएको छ । सो समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ६ करोड १२ लाख रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा ६ करोड ९४ लाख पुगेको छ ।
धेरै लघुवित्तको खुद ब्याज आम्दानी घटेका बेला आरम्भ चौतारीको बढेको छ । अरुलाई जस्तै यो कम्पनीलाई पनि इम्पेरिमेन्ट चार्जको भार बढेको छ ।
समयमै कर्जा उठाउन नसक्दा कम्पनीले पहिलो त्रैमासमा ९९ लाख ७६ हजार रुपैयाँ रकम प्रोभिजन गर्नुपरेको छ, गत वर्षको सो अवधिमा ४८ लाख ७८ हजार रुपैयाँ प्रोभिजन गरेको थियो ।
कम्पनीको कुल कर्जामा निष्क्रिय कर्जाको हिस्सा ४.९५ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4