+
+

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७५ प्रतिशत सफल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १२:२८

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।

ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेको कार्यालयले जनाएको छ । कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सकि्रप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

नतिजमा चित्त नबुझेको परीक्षार्थीले १५ दिनभित्र ८ मंसिरभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् । कार्यालयले ९ र १० असोजमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?