+
+

जाजरकोट भूकम्प पीडित पत्रकारका लागि महासंघले माग्यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:०३

२३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले भूकम्पबाट घर क्षतिग्रस्त भएका जाजरकोट र रुकुम पश्चिमका पत्रकारका लागि सहयोग आह्वान गरेको छ ।

महासंघले जाजरकोट र रुकुम पश्चिमका गरी ५६ जना पत्रकारको घर र १० वटा सञ्चार माध्यमको कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएको बताएको छ । नागरिकलाई सूचना र समाचार प्रवाह गर्ने पत्रकार र सञ्चार माध्यमलाई विपदका बेला राहत उपलब्ध गराउन महासंघले सहयोगको आह्वान गरेको महासचिव रोसन पुरीले जानकारी दिए ।

सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसंघ मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्था र इच्छुकले कोषमा सहयोग रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?