+
+

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै क्षेत्रका सूचक घटे

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १५:१७

२३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से १८५२ विन्दुमा कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भयो । कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को स्थिर रह्यो ।

बिहीबार कुनै पनि क्षेत्रका सूचक हरियो हुन सकेन । सबै उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, होटल तथा पर्यटन ३९, जलविद्युत् १६, जीवन बीमा १०१, उत्पादन १२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३९, अन्य २२ र ब्यापार उपसमूह ३ अंक घटे ।

धेरै मूल्य बढेका र घटेका कम्पनीहरु

सयपत्री हाइड्रोपारको मूल्य सबैभन्दा धेरै ६.९६ प्रतिशत बढ्यो । ओरेन्टल होटलको ४, समाज लघुवित्तको ३.८७, श्री इन्भेस्टमेन्टको ३.३, सुपर मादीको ३.२ र गणपती लघुवित्तको मूल्य ३.१ प्रतिशत बढ्यो ।

माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत घट्यो । एसबीआई बैंकको ६.४, मायाखोलाको ६.३, बुद्धभूमिको ५.४ र मेन्छियाम हाइड्रोको ५.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सोल्टी होटल, हाथवे इन्भेस्मेन्ट, तारागाउँ रिजेन्सी र सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?