+
+

सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १४:४६

२३ कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?