+
+

कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १६:५५

१६ फागुन, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए ।

त्यसपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?