+
+

रास्वपाले मंसिर २ देखि ४ सम्म घरदैलो गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १३:१४

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।

प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको छ ।

‘निर्वाचन सकिएको एक वर्ष भएको छ । जनताका सुझाव सुन्न जान लागेका हौं,’ महामन्त्री मुकुल ढकालले भने,‘तपाईहरुसँगै छौ भन्न जान लागेका हौं ।’

कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्न लागिएको छ ।

उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए । छलफलको एजेण्डामा सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?