+
+

रविले ‘दिमाग खराब’लाई ‘बलिदान’सँग तुलना गर्दा बालेनले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १३:२६

काठमाडौं । एक किसिमले भन्दा ‘दिमाग खराब’को प्रिमियर नेता बहुल देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीका आधा दर्जन सांसद फिल्म हेर्न पुगेका थिए । प्रिमियरको हुलमा रवि लामिछानेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसम्म थिए ।

सितिमिति पूरै समय हलमा नबिताएका रवि र बालेनले ‘दिमाग खराब’लाई भने पूरै समय बसेर हेरे । ‘वैकल्पिक राजनीति’को भाष्यसहित राजनीतिमा होमिएका रवि र बालेनले फिल्म हेरेपछि यसको प्रशंसा समेत गर्न भ्याए ।

बालेन मिडियासँग बोल्न चाहेनन् तर उनले फेसबुकबाट फिल्मबारे प्रतिक्रिया दिएका छन् । रास्वपा सभापति लामिछानेले घुमाउरो ढंगमा ‘दिमाग खराब’लाई कुनैबेलाको चर्चित फिल्म ‘बलिदान’सँग तुलना गरे । ‘चाहे बलिदानको कुरा गर्नुस् र अहिले आएर यो दिमाग खराबको । मैले आजसम्म कुनै पनि फिल्म यसरी हेर्नैपर्छ भनेर भनेको छैन । यो सिनेमाको प्रचारका लागि मलाई बोलाउनुहुन्छ भने म जान तयार छु,’ लामिछानेले भने ।

फिल्म र संगीतबाट मुलुकको सामाजिक अवस्थालाई चित्रण गरेर परिवर्तन ल्याउन सकिने रविले बताए । ‘फिल्मबाट, संगीतबाट, म्युजिक भिडियोबाट, छोटो फिल्मबाट मुलुकको अवस्थाबारे चित्रण गरेर, यस्तै सशक्त ढंगले गरेर मुलुकमा परिवर्तन ल्याउन सकिन्छ,’ उनले भने ।

रविकी श्रीमती निकिता पौडेलले पुनः फिल्म बनाउने तयारीमा आफू लागेको बताइन् । उनको भनाइमा रविले पनि समर्थन जनाए । ‘समाजको आवश्यकलाई जहिले पनि सिनेमाले प्रतिनिधित्व गरेको हुन्छ । हाम्रो समाजलाई बेला बेलामा यस्तो आवश्यकता पर्दाखेरि सिनेमाले मान्छे र समाजमा परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको हुन्छ,’ उनले भने ।

काठमाडौं मेयर बालेनले एक रोमाञ्चक फिल्म भन्दै ‘दिमाग खराब’को प्रशंसा गरेका छन् । निर्देशक निश्चल बस्नेतले पनि बेलाबेलामा वैकल्पिक राजनीतिप्रति धारणा राख्दै आएका छन् । उनले मेयरको चुनावमा पनि बालेनलाई सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?