+
+

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा साढे ८ करोड मात्र संकलन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:१६

२४ कात्तिक, काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो ।

सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चल्यो । तर, वास्तविक राहत संकलन भने मात्र साढे ८ करोड रुपैयाँ भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

कार्यालयको पछिल्लो तथ्यांक अनुसार ८ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ संकलन भएको छ ।

कोषमा झण्डै तीन दर्जन संघसंस्था तथा व्यक्तिले सहायता दिएका छन् ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड) र सूर्य नेपाल प्रालि (१ करोड) रहेको छ । नेपाली कांग्रेसले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

हेर्नुहोस् राहत सहयोग सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?