+
+

पश्चिम नेपालमा वर्षा,  केही ठाउँमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते ७:३५
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ ।

हिउँद सुरु भएसँग वर्षा र हिमपात हुँदा तापक्रम क्रमिक रुपमाले घटिरहेकोले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।

भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ । त्रिपालमा बसेका पीडित झन् प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?