+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

हजका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म

रासस रासस
२०८० कात्तिक २५ गते २०:१९

२५ कात्तिक, काठमाडौं । नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्‍याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए ।

अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उनले जानकारी दिए ।

इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने छ ।

यसपालि एक हजार दुई सय इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले नेपालीका लागि कोटा निर्धारण गरेको छ । हजका लागि गत साउनदेखि नै प्रक्रिया सुरु भएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?