+
+

विप्लव पञ्जियारको समूहले जित्यो प्रथम हुक्केहुक्का महोत्सवको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते २१:३४

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। प्रथम उदयपुर हुक्केहुक्का महोत्सव-२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे-९ ले जितेको छ ।

थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव-२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो ।

बेहड्वा थारू होम स्टे-१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ भने शिव शक्ति टोल खेरा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजेतामध्‍ये प्रथम हुने समूहलाई आयोजकले नगद रू. ५ हजार, द्वितीय हुने समूहलाई ३ हजार, तृतीय हुने समूहलाई २ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा १३ वटा टिम सहभागी भएका थिए ।

महोत्सवमा सहभागी हुने टिमहरू थारू सामुदायिक होमस्टे पूर्वटोल जोगीदह, अमृता चौधरीको टोली देवधार, बेहड्वा थारू होमस्टे-१३, अपेक्षा चौधरीको समूह, पदम चौधरी पुर्व टोल ज्यामिरे, सीतादेवी चौधरी पुर्व टोल ज्यामिरे, शिव बाबा मण्डली देवधार, भिम सरदार बाबा कीर्तन मण्डली-९, विपल पञ्जियार समूह ज्यामिरे-९, थारू समुदाय होमस्टे बाल समूह, एकता बाल क्लब मोडिगडा र रामजानकी समूह हडियाले प्रतियोगितामा भाग लिएका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिएको थियो । जसअनुसार हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषा/पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकन गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको थियो ।

यसका साथै हुक्के हुक्का महोत्सवमा वृहत्त थारू सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो जसमा विभिन्न समूहहरूले आ-आफ्नो कला प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?