+
+

सन्तोष सेनले सार्वजनिक गरे फिल्म ‘बलिदान’को टिजर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १२:१०

काठमाडौं । आशुसेन फिल्म्सले आगामी फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरेको छ । छायांकन सुरु नहुँदै निर्माताले कथावस्तु झल्कने गरी सांकेतिक भिडियो सार्वजनिक गरेका हुन् ।

टिजरमा युद्धग्रस्त सडकमा नरसंहारको दृश्य देख्न सकिन्छ । टिजरको आवाजमा कुनै एक मधेशी मूलका पात्रले आफूलाई भूमिपुत्र भन्दै सरकारलाई चेतावनी दिइरहेका छन् । राष्ट्रिय झण्डा समातेको उक्त पात्र भन्छ, ‘परिवर्तन र पहिचानका नाममा जनताको बलि चढाएर देशको अस्मिता लुट्न थालेपछि अब परचक्रीको फन्दाबाट देश जोगाउन यस्ता कुटिलहरुको बलि दिने बेला आएको छ ।’

टिजरमा यात्रुबाहक बसमा आगजनी गरिएको, ट्रक तोडफोड गरिएकोजस्ता दृश्य देख्न सकिन्छ । निर्माताले यो टिजरलाई ‘फस्ट ल्याण्डिङ’ नाम दिएका छन् । सन्तोष सेनले निर्देशन गर्ने फिल्मको निर्मातामा पवन विष्ट छन् । फिल्मको प्रदर्शन आगामी वर्षको दशैंमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?