+
+

यूकेबाट ‘टाङ्गो पे’ मार्फत पैसा पठाउँदा आईफोन १५ जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १३:००

काठमाडौं । ईसेवा मनी ट्रान्सफर, नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनीले यूकेस्थित ‘टाङ्गो पे’को साझेदारीमा आईफोन १५ जित्ने योजना ल्यएको छ ।

यो योजना १० नोभेम्बरदेखि सुरु भएर १५ जनवरीसम्म लागु हुनेछ । जस अन्तर्गत  यूकेबाट ‘टाङ्गो पे’ मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले आईफोन १५ जित्न सक्नेछन् ।

साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आईफोन जित्ने मौका सुनिश्चित गर्न सक्नेछन् ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले, ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता रहेको बताए ।

यो योजना अन्तर्गत अब यूके बस्दै आएका नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आईफोन जित्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?