+

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

२०८० कात्तिक  २६ गते १३:२८ २०८० कात्तिक २६ गते १३:२८
रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो ।

किन रातो मासु भन्दा सेतो मासु राम्रो त ?

पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टोरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टोरोल)को स्तर बढाउन मद्दत गर्छ ।

सेतो मासुका स्रोतहरु कुखुरा, हाँस, टर्की र माछा हुन् । ‘यसो भन्दैमा रातो मासु खानै नहुने यसले स्वास्थ्यमा नकारात्मक असर मात्र गर्छ भन्ने पनि होइन,’ पोषणविद् कोइराला भन्छिन्, ‘रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ ।’

उच्च प्रोटिनलाई पचाउन पनि समय लाग्ने भएकाले दिनदिनै मासु खाँदा पेटमा नपचेको मासु बोसोमा परिणत भएर तौल बढ्दै जाने उनी सुनाउँछिन् । जसकारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता समस्या हुन्छ ।

‘नेपाली समाजमा सन्तुलित रुपमा मासु खाने बानी एकदम कम देखिन्छ, खान पाउँदा टन्नै खाने र अरुबेला नखाने बानी छ,’ कोइराला भन्छिन्, ‘यसले पछि स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने सोच्ने बानी छैन । त्यसैले रातो मासु भन्दा सेतो मासुलाई प्राथमिकता दिइन्छ ।’

उमा कोइराला, पोषणविद्

‘यसो भन्दैमा सेतो मासु धेरै खान मिल्छ भन्ने होइन, आवश्यकताभन्दा बढी खाएमा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ,’ उनी भन्छिन्, ‘किनभने धेरै खाए चिनी पनि पनि तीतो हुन्छ भनेजस्तै हो ।’

राँगो, खसी, भेडा, सुँगुर रातो मासुका मुख्य स्रोत छ । रातो भन्दा सेतो राम्रो भनेर पोषणविद्को मात्र नभई विभिन्न रिसर्चको अनुसार पनि यो पुष्टि भएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पब्लिक हेल्थले गरेको अनुसन्धानमा हरेक दिन मासु खानेहरुमा मुटुरोग तथा क्यान्सर हुने सम्भावना धेरै रहेको पाइएको छ । हरेक दिन पकाएको मासु वा दुई टुक्रा बंगुरको मासु खाँदा २० प्रतिशतले मुटु तथा क्यान्सर रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ ।

अनुसन्धानमा संगल्न मुटुरोग विशेषज्ञ डा. स्टेफेन हुले भन्छन्, ‘रातो मासु धेरै खानु स्वास्थ्यका लागि हानिकारक तथा यसलाई सन्तुलित आहारका रुपमा लिइँदैन । किनकि रातो मासुमा धेरै कोलेस्टेरोल, बोसो तथा सोडियम हुन्छ । यस्तो मासु सीमित मात्रामा खाँदा राम्रो हुन्छ ।

हार्वर्ड टी एच च्यान स्कुल पब्लिक हेल्थको २०२३ अक्टोबर १९ मा हरेक हप्ता रातो मासुको सेवनले टाइप टु डाइबेटिभ वा परिपक्व हुन लागेको मधुमेह भएको देखाएको छ । जुन जीवनशैलीका कारण हुने गर्छ जस्तै व्यायाम कमी, सन्तुलित खानपानको कमी, अत्यधिक तौलका कारण हुन्छ ।

रातोमासुको दैनिक सेवनले विश्वभर टाइप टु मधुमेह रोग तीव्र रुपमा बढेको देखिन्छ । जसले मुटुरोग, किट्नी, क्यान्सर र डेमेन्सिया जोखिम निम्त्याउँछ ।

एनल्स अफ इन्टर्नल मेडिसनमा प्रकाशित अध्ययनअनुसार धेरै रातो मासु खानेहरुमा कम खानेहरूको तुलनामा टाइप २ मधुमेह हुने जोखिम ६२ प्रतिशत बढी देखिएको थियो भने प्रशोधित रातो मासुको दैनिक सेवनमा टाइप टु मधुमेहको जोखिम ४६ प्रतिशत र प्रशोधित रातो मासुको दैनिक सेवामा २४ प्रतिशत बढी जोखिम देखिएको थियो ।

कति खाने मासु ?

पोषणविद् कोइराला भूगोलअनुसार मासु कति खाने भन्ने कुरा भर पर्ने बताउँछिन् । ‘नेपालीको हकमा, जस्तै ५० केजी तौल भएको स्वस्थ व्यक्तिले दैनिक ५० ग्राम मासु खान सक्छ । तर यदि माटोपन छ भने प्रति केजी ०.०८ ग्राम मात्र खान मिल्छ,’ उनी भन्छिन् ।

पोषण रातो मासु सेतो मासु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची