+
+

रंगोलीले सजिए घर, गरियो लक्ष्मीपूजा (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०८० कात्तिक २६ गते १९:२८

२६ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ ।

अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू नेपालीहरुले आफ्नो घर तथा पसल सरसफाइ गर्छन्, माला र फूलले सजाउँछन् । विभिन्न रंगहरु मिलाएर रंगोली बनाउँछन् । रंगोलीदेखि घरको मूलकोठा वा पूजा कोठासम्म बाटो बनाउँछन् ।

साँझमा धुमधामले लक्ष्मीको पूजा गर्छन् । मिठाइ र फलफूलको प्रसाद बाँड्छन् । हरेक वर्ष तिहारमा कुकुर तिहारको साँझमा वा गाईतिहारको साँझमा लक्ष्मीपूजा गरिन्छ ।

यसवर्ष भने कुकुर तिहारको दिनको साँझमा लक्ष्मीपूजा परेको छ । लक्ष्मीपूजाको दिन घर उज्यालो पार्ने चलन छ । हुनत हिजोआज तिहार अवधिभर नै झिलिमिली बत्तीले घर सजाउने चलन चलिसकेको छ ।

हेर्नुहोस् लक्ष्मीपूजाका केही तस्वीरहरु

 

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?